सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानकाे आयाेजनामा आज सर्वदलिय एवं सर्वपक्षीय वैठक सम्पन्न भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको समन्वयमा केही समय पहिले देखि व्यापक रूपमा उठदै आएकाे सल्यान श्रीनगरका दुई पेट्रोल पम्पहरूमा हुने पेट्रोलकाे अभावका विषयमा वैठक केन्द्रित भएको थियो। सराेकारवालाका साथै पेट्रोल पम्प संचालकहरूका विचमा त्यस विषयमा विभिन्न काेणवाट छलफल भएको थियो।
उपभोक्तालाई भैरहेकाे सास्तीका विषयमा आफुहरुले कुरा उठाएको र पेट्रोल पम्म संचालकहरूले पेट्रोल नियमित आपूर्ति गर्ने पम्पहरूले प्रतिबद्धता जनाएको माओवादी केन्द्रका युवा नेता हिमाल यात्रीले जानकारी दिनुभयो । समन्वयमा उपभोक्ताले खाेजेकाे समयमा प्राप्त गर्ने अवस्था सृजना गराउने र त्यसलाई प्रशासनकाे तर्फवाट नियमित अनुगमन गर्ने निर्णय भएकाे यात्रीको दाबी छ।
माओवादी केन्द्र सल्यानको आठाैं पुर्ण बैठक सम्पन्न,आज शारदाको र १० गते बागचौर नगरको बैठक हुने
Error generating audio.