सल्यान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तीन महिने वडा केन्द्रित जरा अभियान अन्तर्गत आज सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ बल्लेखोलामा टोल स्तरिय भेला भब्य रुपमा सम्पन्न भएको छ ।

वडा, टोल र बस्तीस्तरमा पार्टी संगठनलाई सुदृढ गर्दै जनताको चासो, गुनासो र आवश्यकतालाई बुझ्न अनि सम्बोधन गर्नेतर्फ केन्द्रित यस अभियान अन्तर्गत साविक ४ देखि ८ नम्बर टोलहरुको संयुक्त भेला तथा कार्यक्रम सम्पन्न भएको हो ।

भेलाका प्रमुख अतिथी नेकपा एमाले सल्यानका उपाध्यक्ष कमरेड ओज बहादुर बुढाथोकी, बिशिस्ट अतिथि जिल्ला कमिटी सचिवालय सदस्य कमरेड फौद बहादुर बस्नेत, अन्य अतिथिहरु जिल्ला कमिटी सचिवालय सदस्य तथा छत्रेश्वरी ४ का इन्चार्ज कमरेड नेव बहादुर खड्का, एमाले नेता कमरेड राज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य कमरेड तुल्सा बिक, कमरेड चुर्ण बहादुर बिक, जिल्ला सल्लाहकार सदस्य कमरेड छविलाल खत्री, कमरेड लाल बहादुर खड्का, एमाले छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष कमरेड ज्ञान बहादुर खड्का लगायतले मन्तव्य राख्दै नेकपा एमालेलाइ आधारभूत तहदेखी नै बलियो बनाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

भेलाले विभिन्न जनवर्गीय संगठनको कमिटी पनि निर्माण गरेको छ । जस अनुसार कमरेड दली खड्का अध्यक्ष रहेको अखिल नेपाल महिला संघ, कमरेड खिमलाल बिक अध्यक्ष रहेको उत्पीडित जातिय मुक्ती समाज र कमरेड गोरख बहादुर वली अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघको वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो ।

४ नं वडा कमिटी अध्यक्ष कमरेड गिर्दल खत्रीको अध्यक्षतामा र पालिका कमिटी सदस्य कमरेड चेत बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा कमिटी सचिव कमरेड सुरेश बिकले गर्नुभएको थियो । कार्यक्रममा पालिका कमिटी, वडा कमिटी तथा टोल कमिटीका विभिन्न जिम्मेवारीमा रहनुभएका कमरेडहरु र अन्य कमरेडहरुको उल्लेखनीय एवम् उत्साहजनक सहभागिता रहेको थियो ।

Error generating audio.

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार, ,  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्