सल्यान । नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसीएल नेपाल सल्यानको जिल्ला सम्मेलन आउँदो बैशाख १५ गते हुने भएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज कृति वहादुर पुन(प्रकान्ड)सह-ईन्चार्ज टीका बुढाथाेकी,जिल्ला अध्यक्ष मान वहादुर मल्ल लगायत पार्टि र ycl नेपालका नेताहरुकाे उपस्थितीमा सल्यानकाे श्रिनगरमा सम्पन्न बैठकले आगामि बैशाख१५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे हो।
बैठकले जिल्ला सम्मेलन सम्पन्न गर्नका लागि जिल्लाका १० वटा पालिकामा पालिका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ। सम्मेलन सम्पन्न गर्नका लागि नेताहरुलाई जिम्मेवारी ताेकियकाे र आन्तरिक सर्कुलर मार्फत जानकारि हुने जिल्ला अध्यक्ष धन वहादुर परियारले सल्यानन्युज लाई जानकारी दिनुभयो ।
Error generating audio.