सल्यान । वाइसीएल कर्णाली प्रदेशको इन्चार्जमा सल्यानका शोभाराम भण्डारी लाई चयन गरिएको छ ।

वाइसीएल केन्द्रीय कमिटिले भण्डारीलाई इन्चार्ज तोकेको हो । वाइसीएलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका भण्डारी बागचौर नगरपालिका वडा न ७ निवासी हुनुहुन्छ । हाल उहाँ नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी वाइसीएल सल्यानको इन्चार्जमा छत्रेस्वरिका धनबहादुर परियारलाई चयन गरिएको वाइसीएल नेपालले जनाएको छ।

Error generating audio.

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार, ,  ३ : २४ बजे

प्रतिक्रिया दिनुहोस्