दाङ। तुलसीपुर उपमहानगरपालिका-५ मा अवस्थित कालिका मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन स्थापना कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम वर्ल्डलिंक कम्युनिकेशनस् तुलसीपुरको आयोजनामा यहि शोमबार कालिका मन्दिर व्यवस्थापन समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रममार्फत मन्दिर परिसर सफा गर्ने कार्यसँगै डस्टबिनको व्यवस्था गरी फोहोर व्यवस्थापनको पहल गरिएको आयोजकले जानकारी दिएका छन्।

स्थानीय समुदायको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रमले धार्मिक स्थलको सरसफाइमा सकारात्मक सन्देश दिने विश्वास लिइएको वर्ल्डलिंक कम्युनिकेशनले जनाएको छ।

 

 

Error generating audio.

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्