हामी परिक्षण प्रसारणमा छौ



 

३ बैशाख,बागचौर । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ मा व्यवसायिक बाख्रा पालन सम्बन्धि सीप विकास तालिम शुक्रबारदेखि सुरु भएको छ ।

उक्त तालिम जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ५ मा सुरु भएको हो । उक्त तालिममा बागचौर नगरपालिका‐५,का बाख्रा पालन सम्वन्धि तालिम लिन चाहेका १२ जना महिला किसानहरुको सहभागिता रहेको छ । उक्त तालिमको विधिवत रुपमा उद्घघाटन आज वडाका कार्यवाहक अध्यक्ष बिक्रम रावत गरेका थिए ।

तालिमको सहजीकरण उधम विकास सहजकर्ता निर्मला बस्नेत तथा पशु सेवा शाखा बागचौर नगरपालिका का शाखा प्रमुख टेक बहादुर बस्नेतले गरेका थिए । तालिम आजदेखि ५ दिन सम्म सञ्चालन हुने वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष बिक्रम रावतले सल्यानन्युजलाई जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार, ,  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्