हामी परिक्षण प्रसारणमा छौ



७ बैशाख,सल्यान । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले सल्यानको बागचौर नगरपालिकामा भेला गरी समिति गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले आफ्नो संगठन निर्माणमा जोड दिएर आफ्ना कार्यक्रम तिब्र पारेको जनाएको छ । सोही अभियानको क्रममा सल्यानमा वाइसिएल नेपालले जिल्लाको बागचौर नगरपालिकामा संगठनलाई सक्रिय बनाउने क्रममा शोमबार युवाहरुको भेला सम्पन्न गरेको जनाएको छ ।

ठुलो संख्यामा वाइसिएलका कार्यकर्ता उपस्थिति रहेको उक्त भेलालाई सम्बोधन गर्दै संघीय सांसद एवम् पुर्व मन्त्री टेक बहादुर बस्नेतले अब युवाले सचेत भइ अघि बढ्ने समय आएको बताए । उक्त भेलालाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख राजनैतिक सल्लाहकार भीम प्रकाश शर्मा,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु कृतिबहादुर पुन,टिकाराम ओली,सुम्निमा डि.सी. तथा माओवादी केन्द्रबाट चुनाव जितेका बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकी र दार्मा गाउँपालिकाका प्रमुख निम बहादुर के.सी ले भेला सफलताको कामना गर्दै नव निर्बाचित कमिटीले आफ्ना गतिविधिलाई तिब्र पार्दै प्रतिगमनका बिरुद्ध खबरदारी गर्नुपर्ने जनाउदै
संगठनलाई मजबुत बनाउने तर्फ ध्यान दिन आग्रह गरेका थिए ।

शोमबार सम्पन्न उक्त भेलाले मदन बस्नेत संयोजक रहेको ५१ सदस्य रहेको वाइसिएलको नगर कमिटि गठन गरेको वाइसिएलका नेता तुफान ओलीले सल्यानन्युजलाई जनाए । तुफान ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मदन बस्नेतले गरेका थिए ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार, ,  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्