हामी परिक्षण प्रसारणमा छौ



१० बैशाख,सल्यान । बागचौर नगरपालिकाको आ.व.२०७७÷०७८ को स्वीकृत कार्यक्रम ‘मेयरसँग उज्यालो कार्यक्रम’ अन्तर्गतको सोलार टुकी वितरण तथा आइसिटी ल्याब उद्घाटन कार्यक्रम शुक्रबार बागचौर ‐३,मा सम्पन्न भएको छ ।

अमर ज्योति मा.वि. बागचौर नगरपालिका–३, चौरपानीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै बागचौरका नगर प्रमुख लोकमान बुढाथोकीले सोलार टुकी हेर्दा सानो देखिए पनि मेयरसँग उज्यालो कार्यक्रमको लक्ष्य र सन्देश धेरै ठुलो रहेको बताए । उनले भने,‘सोलार टुकीले अध्यारो कोठा उज्यालो पार्ने मात्रै नभई कलिला विद्यार्थी भाइबहिनीहरुको मन, मस्तिष्क उज्यालो पार्दै उनीहरुको भविष्य समेत उज्यालो पार्ने अपेक्षा मैले लिएको छु ।’ मेयर बुढाथोकिले भविष्यको बागचौर नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, डक्टर, वडा अध्यक्ष वा वडा सचिव कुनै न कुनै हैसियतमा सफल भएर आउने अहिलेका विद्यार्थी भाइबहिनीहरु नै भएकोले त्यस्तो सन्देश आफुले मेयरसँग उज्यालो कार्यक्रम मार्फत दिन कोजेको प्रस्ट पारेका थिए ।

नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा अतिथीहरुमा अध्यक्ष टिकाराम के.सी,शिक्षा वडा नम्बर‐३,का शाखा प्रतिनिधि विरेन्द्र प्रकाश डि.सी,अस्थायी प्रहरी चौकी चौरपानीका कार्यालय प्रमुखले सहभागिता जनाएका थिए ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका बर्तमान तथा पुर्व पदाधिकारीहरु, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थित उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम डाँगीले र कार्यक्रम संचालन शिक्षक डिल्ली रमन खड्काले गरेका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार, ,  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्