हामी परिक्षण प्रसारणमा छौ



२५ बैशाख, सल्यान । अक्सीजन र बेड खोज्दाखोज्दै कोरोना संक्रमित एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ । अक्सिजन र बेड नपाउदा जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ निवासी ४९ बर्षिय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृतकका आफन्तका अनुसार एक हप्ता अघिदेखि बिरामी भएका ति पुरुषलाई शुक्रबार थप उपचारको लागि दाङ घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा १२ बजे पुर्याएका थिए । शनिबार बिहान १० बजेसम्म ती पुरुषलाई अस्पतालले बेड र अक्सिजन नभएको भन्दै भर्ना गर्न नमानेपछि बाध्य भएर सल्यान फिर्ता ल्याइएको आफन्तले सल्यानन्युजलाई बताए ।

केही उपाए नलागेको भन्दै बिरामीलाई दाङबाट फेरी सल्यान ल्याउने क्रममा छत्रेश्वरि गाउँपालिकाको भोटेचौरमा रहेको आइसोलेसन सेन्टरको प्राङ्गणमा ल्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको आफन्तले जानकारी दिएका छन् । मृतक पुरुषको एन्टिजेनद्वारा परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको भोटेचौर आइसोलेशन सेन्टरका डाक्टर प्रोशेष सिंहले बताए । उनले भने,‘उहाँलाई हामिले अक्सिजन लगाएर उपचार गर्न नपाउँदै उहाँको बाटोमा नै मृत्यु भैसकेको रहेछ ।’

मृतकको शव अहिले एम्बुलेन्समै राखिएको छ । शव ब्यबस्थापन गर्न सबुज गणबाट नेपाली सेनाको टोलि भोटेचौर जाँदै गरेको नेपाली सेनाका क्याप्टेन दिपक बुढाथोकीले सल्यानन्युजलाई जानकारी दिए ।  तस्बीर – नबिन पौडेल

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार, ,  ३ : ५० बजे

प्रतिक्रिया दिनुहोस्