हामी परिक्षण प्रसारणमा छौ



२९ वैशाख,सल्यान । सल्यानमा मंगलबार राती दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका‐६,का ६४ वर्षीय पुरुषको मंगलबार राती ८ बजे उपचारका लागि कपुरकोट गाउँपालिकामा रहेको कोभिड‐१९, अस्थायी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको गाउँपालिकाका प्रेस संयोजक शंकर केसीले सल्यानन्युजलाई जानकारी दिए । केसीका अनुसार मृतकको २२ गते दाङको तुलसीपुरमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोट देखिएको थियो ।

त्यस्तै,मंगलबार राती नै बनगाड कुपिण्डे नगरपालिकाका‐६, का एक ४५ बर्षीय पुरुषको पनि कोरोनाबाट नै मृत्यु भएको बनगाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । देवस्थल आइसोलेशनमा उपचार गराई रहेका उनको मृत्यु भएको थियो । यो संगै सल्यान जिल्लामा बुधबार दिउँसोसम्म कोरोनाबाट मृत्यु हुनेको  संख्या १७ पुगेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार, ,  ३ : २२ बजे

प्रतिक्रिया दिनुहोस्