सल्यान । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सल्यानमा रहेका ७ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा भोलि चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुँदैछ । अघिल्लो पटक समझदारीमा अखिल क्रान्तिकारिका सर्गम वली र्बसम्मत चयन हुनुभएको थियोे । तर, अहिले समझदारी नहुदा सत्ता पक्ष र प्रतिपक्ष गरि दुइ वटा प्यानल खडा भएका छ्न ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र समाजबादि निकट विद्यार्थी संगठनको उम्मेदवारका रुपमा गणेश वली र एमाले-कांग्रेसकाे गठबन्धनबाट नेविसंघका फलेन्द्र पुरी सभापतिको चुनावी मैदानमा रहनुभएको छ। हालसम्म उम्मेदवारहरू चुनावमा बाजी मार्ने आ–आफ्नो दाउमा रहनुभएको छ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गणेश वलीको नेतृत्वको प्यानलको सचीवमा रविकिरण कराला, कोषाध्यक्षमा केशर डाँगी र सदस्यमा धनकुमारी डाँगी उम्मेदवार बन्नुभएको छ।
यस्तै एमाले-कांग्रेसकाे गठबन्धनबाट नेविसंघका फलेन्द्र पुरी नेतृत्वको प्यानलबाट सचिवमा बिमला शर्मा, कोषाध्यक्षमा नवीन सुनार, सदस्यमा टिकाराम बिक, सुनिता कुमारी बुढामगर,राधा ओली, दिप्सन बस्नेत र लक्ष्मी डिसी चुनावी मैदानमा उत्रिनु भएको छ ।
गणेश वलीले आफूले जितेमा क्याम्पसमा विद्यार्थीका स-सानादेखि ठूला समस्याहरूमा आफूले विशेष ध्यान दिने बताउनुभएको छ। उहाँले विद्यार्थीका समस्याहरुलाई छिटोभन्दा छिटो समाधानतर्फ लाग्ने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस पटक माओवादी केन्द्रले गणेशको काम गर्ने उत्साह देखेर उनलाई नै टिकेट दिएको जनाएको छ । माओवादी केन्द्रका एक नेताले भन्नुभयो, उनलाई टिकट दिनुको एउटै कारण हो–’सर्गम वलीका अधुरा काम पूरा गर्ने । नयाँ काम देखिनेगरि गर्ने उनको उत्साह ।’
यसैगरी नेपाली कांग्रेसका युवा नेता नेत्र वलीका अनुसार संगठन बिस्तारमा फलेन्द्र पुरीको काम राम्रो देखेर उनलाई बलियो उम्मेदवार मानेर नै पार्टीले टिकट दिएको बताउनुभयो ।

बिरासत जोगाउने अन्तिम प्रयासमा अखिल क्रान्तिकारी ,जित्ने दाउमा नेबिसंघ-अनेरास्ववियु
मतदाता संख्याका हिसाबले पहिले माओवादी निकट अखिल क्रान्तिकारी ठुलो हो । तर,सत्ता घटक दुई दल निकटका विद्यार्थी संगठनको गठबन्धनले अखिल क्रान्तिकारी केहि दबाबमा रहेको छ। तर आम बिद्यार्थी संग जो नजिक छ, त्यसैले नै जित हात पारेका थुप्रै इतिहास छन् ।
यस्तो अवस्थामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्ना मतदाता संरक्षणमा नै बढि ध्यान दिएको देखिन्छ । तर,नेकपा एमाले निकट अनेरास्ववियु भित्रबाट विद्रोह गर्ने खालका मतहरू माओवादी निकट बिद्यार्थी उम्मेदवारले तान्ने की,कांग्रेस निकट नेबिसंघका उम्मेदवारले तान्ने भन्ने अहिले रस्साकस्सी देखिन्छ । यसैगरी यस चुनावको रन्को स्थानीय तहमा पर्ने देखेर नेपाली कांग्रेसले आफ्ना उम्मेदवार जिताउन हरप्रयास गरेको देखिन्छ ।
भोलि हुँदै मतदान
निर्वाचन चैत ५ गते जनकल्याण क्याम्पस थारमारेमा हुनेछ । निर्वाचनका लागि ५ सय ४१ मतदाता रहेका छन् । अध्यक्ष,सचीव र कोषाध्यक्ष र १ खुल्ला सदस्य गरि ४ जना निर्वाचित हुनेछन् ।
