सल्यान । फारुला बहुमुखी क्याम्पसको अध्यक्षमा अखिल (क्रान्तिकारी) की हिमा शर्मा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ।
आज सम्पन्न स्वबियु निर्वाचनमा अनेरास्ववियू,नेविसंघ, राप्रपा र विल्लव नेतृत्वको विद्यार्थी संगठनको सयुक्त प्यानललाई पराजित गर्दै अखिल (क्रान्तिकारी) कि हिमा शर्माले ६५ मत ल्याएर विजयी हुनुभएको हो। यसैगरी उहाँको निकटतम प्रतिद्वन्दी चार संगठनको तर्फबाट साझा उम्मेदवार बिप्लवका निकेश देवकोटाले ५१ मत ल्याउनुभएको छ।
जम्मा १३० मत खसेको निर्वाचन समितिले जनाएको छ।

