सल्यान। राप्ति लोकमार्गको चोरखोला पहिरोलगायत विभिन्न स्थानको आज सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री प्रकाश ज्वालाले स्थलगत निरीक्षण गर्नुभएको छ।

अनुगमनमा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा ब. पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, समाजसेवी भद्रसिंह बुढा, नेकपा (एकीकृत समाजवादी) सल्यान जिल्ला अध्यक्ष रमेश गौतम, सुरक्षा निकायका प्रमुखहरू, सडक डिभिजन कार्यालयका इन्जिनियर अञ्जु सुवेदी, वडा अध्यक्षहरू तथा निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो।

अनुगमनपछि कपुरकोट गाउँपालिका कार्यालयमा राप्ति लोकमार्गसहितका विभिन्न विकास निर्माणका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्