दाङ,तुलसीपुर । एच आर मिडिया हाउस प्रालिले आफ्नो दोस्रो वार्षिकोत्सव शनिबार तुलसीपुरमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले दाङको विकासका लागि शीर्ष नेताहरूले गरेको आश्वासन पूरा नभएको उल्लेख गर्दै जनतामा निराशा बढेको बताउनुभयो। उहाँले प्रमुख दलको कमजोरीका कारण नागरिक विकल्प खोज्न थालेको पनि औंल्याउनुभयो।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले समाज परिवर्तनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै दुरदराजका जनताको आवाजलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

यसैगरी कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले पत्रकारहरुले समाचार लेख्ने संगै समाजसेवाका गतिविधिमा समेत जोडिन आग्रह गर्नुभयो । कार्यक्रम एच आर मिडिया हाउसका अध्यक्ष निमा रानाको अध्यक्षता र सांसद मास्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस अवसरमा रेडियो हाम्रो पहुँचकी सरिता चौधरी, नयाँ युगबोध दैनिकका एकराज भण्डारी, तिलक केसी, हेमराज परिवर्तन र बिरेन्द्र घर्तीमगरलाई सम्मान गरिएको छ।

प्रबन्ध निर्देशक एच आर मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङकी सचिव निरला अर्याल गैरेले गर्नुभएको थियो।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ९ : २८ बजे

प्रतिक्रिया दिनुहोस्