सल्यान । नेकपा (माओवादी केन्द्र) बागचौर नगरपालिका वडा नं. ५ को आयोजनामा महान शहिद भरत प्रसाद वली ( हितैषी) को २५ औं स्मृति सभा २०८२ भदौ ७ गते शहिद निवास खुरखुरेमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता कलिराम वली (अब्दुल) ले गर्नुभयो भने सञ्चालन पार्टी वडा अध्यक्ष शेरबहादुर वलीले गर्नुभएको थियो। स्वागत मन्तव्य इन्द्र बहादुर भण्डारी ( विजय) ले दिनुभएको थियो।कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृति ब. पुन ( प्रकाण्ड), पूर्वमन्त्री भिम प्रकाश शर्मा, पार्टी संस्थापक नेता कमल चन्द, प्रदेश सदस्यहरु, स्थानीय जनप्रतिनिधि, पत्रकार महासंघ, कर्मचारी संगठन, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, पार्टी संरचनाका पदाधिकारी, शुभचिन्तक, समर्थक, आफन्त र स्थानीय दाजुभाइ दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

स्मृति सभामा शहिद परिवारको तर्फबाट पार्टीलाई सहयोगस्वरूप रु. १५,००० बराबरको साउन्ड सिस्टम उपलब्ध गराउने शहिद भरतका छोरा रबिकिरण वलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सभालाई सम्बोधन गर्ने वक्ताहरुले शहिदको सपना साकार पार्न सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो। वडास्तरीय पार्टीले आगामी दिनमा वडा नं. ५ भित्र रहेका सम्पूर्ण शहिद तथा बेपत्ताहरुको स्मृति दिवस मनाउने जानकारी समेत गराएको छ।
