तुलसीपुर (दाङ) – साक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिजौरीको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षतामा भएको सभाको उद्घाटन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मुक्तबहादुर ओली (मुकेश)ले गर्नुभयो। उनले नियमित बचतले सदस्यलाई आर्थिक रूपमा सशक्त बनाउने बताए।

कार्यक्रममा लेखापरीक्षक तुलसी गिरी, लोकबहादुर ओली र साक्षी खबरका प्रधान सम्पादक सुनिलकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गरे। सचिव राजन लामिछानेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविन्द्र केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

अधिवेशनबाट दामोदर बस्नेत (राकेश)को नेतृत्वमा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ। समितिमा उपाध्यक्ष भगवता भट्टराई, सचिव राजन लामिछाने, कोषाध्यक्ष रविन्द्र केसी, सदस्यहरू शान्ता पुन, मालता केसी र च्यवन भट्टराई छन्। लेखा सुपरिवेक्षण संयोजकमा शरण जिएम चयन भएका छन्।बस्नेतको यो तेस्रो कार्यकाल हो।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  २ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्