सल्यान । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सल्यानको अध्यक्षमा प्रेम बस्नेत चयन हुनुभएको छ।

बागचौर नगरपालिकाको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’मा नाम छुटेपछि उनले व्यक्तिगत पहलमार्फत सुरक्षित आवास निर्माण गरेर बस्नेत चर्चामा आउनुभएको थियो।समाजसेवामा सक्रिय बस्नेत बागचौर नगरपालिका–४ का वृद्ध दम्पती खुईतो पुन र राती पुनको घर पुनर्निर्माण अभियानको नेतृत्व गरेर सामाजिक कार्यमा सक्रिय बन्नुभएको हो।

सामाजिक सक्रियता र युवामाझ लोकप्रियताका कारण बस्नेतलाई पार्टीले जिम्मेवारी दिएको श्रम संस्कृति पार्टीको भनाई छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्