सल्यान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै जाँदा सल्यानको त्रीवेणी गाउँपालिकामा नेकपा एमालेको चुनावी अभियान उत्साहजनकरुपमा अघि बढेको नेताहरूले बताएका छन ।
अभियानको क्रममा एमाले प्रती जनलहर आएको र विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेक्रम बढेको नेकपा एमाले त्रीवेणी गाउँपालिका अध्यक्ष डिल्ली खड्काले बताउनुभयो ।
अध्यक्ष खड्काको अनुसार चुनावी अभियानका क्रममा हालसम्म नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र रास्वपा परित्याग गरि दर्जन बढी नेताकार्यकर्ता एमालेमा समाहित भएका छन ।

प्रवेश गर्नेहरूमा त्रीवेणी गाउँपालिका वडा नं ५ र ६ बाट गिर्दल बुढाथोकी, लोक बहादुर बढाथोकी, शंकर विक, रमेश विक, धन बहादुर विक,लक्ष्मीराम खत्री, विनोद गिरी, करण कंवर, मोहन गिरी, सुमन परियार, अमृत गिरी, शान्ता विक, नवीन गिरी, दामोदर बोहरा र विमल गिरी लगायत रहेका छन ।
नव प्रवेशीहरूले “अहिलेको चुनाव देश जलाउने र बनाउने बिचको प्रतिस्पर्धा भएकाले आफुहरू देश बनाउने जिम्मेवार र लोकप्रिय पार्टी नेकपा एमालेमा समाहित भएको र सल्यान बाट प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार गुलाबजंग शाहलाई जिताउन योगदान दिने” बताएका छन ।
विभिन्न समय र स्थानमा पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरूलाई नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुलाबजंग शाह, प्रदेश कमिटी सदस्य बुद्धि खत्री, जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन, जिल्ला कमिटी सदस्य डिल्ली केसी, नेता लोकेन्द्र सिंह खड्का, पालिका कमिटी अध्यक्ष डिल्ली खड्का लगायत जिल्ला र स्थानीय स्तरका नेताकार्यकर्ताले स्वागत गर्नुभएको थियो ।
