सल्यान ।‌ सरस्वती माध्यमिक विद्यालयमा एक लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ। बागचौर नगरपालिका–४ निवासी नौनि पुनले आफ्ना स्वर्गीय श्रीमान् पठु पुनको छैटौँ स्मृति दिवसको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको हो। उक्त अक्षयकोषको रकम एक लाख पाँच सय पाँच रुपैयाँ रहेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय पुनका ज्येष्ठ सुपुत्र तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृति बहादुर पुनले एक लाख पाँच सय पाँच रुपैयाँ बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो।

स्थापित अक्षयकोष कक्षा १२ मा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई लक्षित गरिएको विद्यालयले जनाएको छ। यस कोषबाट प्रत्येक वर्ष उत्कृष्ट अंक प्राप्त गर्ने तथा जेहेन्दार विद्यार्थीहरू लाभान्वित हुनेछन्।

विद्यालय प्रशासनले अक्षयकोष स्थापना गरिएकोमा पुन परिवारप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १२ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्