दाङ । दाङ विद्युतीय व्यवसाय सङ्घले आफ्ना विभिन्न मागहरू राख्दै जिल्ला प्रशासन कार्यालयमा मागपत्र पेश गरेको छ।


संघका जिल्ला अध्यक्ष डुल्लुराम पोखरेल, उपाध्यक्ष चन्दन ओली तथा महासचिव सन्तोषकुमार खड्का सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर मागपत्र बुझाएको हो।


मागपत्रमा विगत केही वर्षयता इलेक्ट्रिक सामग्रीहरू झोला व्यापारी तथा अन्य व्यवसायीहरूले जथाभावी बिक्री वितरण गरिरहेको भन्दै त्यसको यथाशीघ्र अनुगमन गर्न आग्रह गरिएको महासचिव सन्तोषकुमार खड्काले  जानकारी दिनुभयो।त्यसैगरी, उक्त टोलीले घोराही उपमहानगरपालिकामा समेत पुगेर आफ्ना मागहरू राखेको सङ्घले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्