दाङ विद्युतीय व्यवसाय संघद्वारा तुल्सीपुर उपमहानगरमा मागपत्र पेश
दाङ । दाङ विद्युतीय व्यवसाय सङ्घले आफ्ना विभिन्न मागहरू राख्दै तुल्सीपुर उपमहानगरपालिकामा मागपत्र पेश गरेको छ।


संघका जिल्ला अध्यक्ष डुल्लुराम पोखरेल, उपाध्यक्ष चन्दन ओली तथा महासचिव सन्तोषकुमार खड्का सहितको टोलीले आज उपप्रमुख स्यानी चौधरी समक्ष पुगेर मागपत्र बुझाएको हो।
मागपत्रमा विगत केही वर्षयता इलेक्ट्रिक सामग्रीहरू झोला व्यापारी तथा अन्य व्यवसायीहरूले जथाभावी बिक्री वितरण गरिरहेको भन्दै त्यसको यथाशीघ्र अनुगमन गर्न आग्रह गरिएको छ। उक्त जानकारी सङ्घका महासचिव सन्तोषकुमार खड्काले दिनुभयो।

त्यसैगरी, उक्त टोलीले घोराही उपमहानगरपालिकामा समेत पुगेर आफ्ना मागहरू राखेको सङ्घले जनाएको छ।

वार्षिक भित्ते पात्रो विमोचन


यसैगरी संघले आज तुलसीपुरमा वार्षिक भित्ते पात्रो विमोचन गरेको छ।
संघका जिल्ला अध्यक्ष डुल्लुराम पोखरेल अध्यक्षता,नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टोम बहादुर घर्तीको प्रमुख अतिथि, तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी, तुल्सीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नरेशराज भण्डारी लगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी उक्त क्यालेण्डर विमोचन गरिएको थियो।


संघको यस्तै रचनात्मक क्रियाकलाप आगामी दिनमा‌ थप हुँदै  जाओस् भन्दै सहभागीहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण संघका महासचिव कुमार खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष चन्दन ओलीको रहेको थियो।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्