हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । दाङमा ट्याक्टर पल्टिदा शनिवार एक ब्यक्तीको मृत्यु भएको छ ।

खेत जोतेर शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनीबाट घर फर्किने क्रममा शनिबार साँझ साढे ६ बजेतिर ट्याक्टर चिप्लिएर पल्टिदा ट्याक्टरका मालिक समेत रहेका २८ बर्षीय चालक सिताराम चौधरीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

रा १ च १९३१ नम्बरको ट्याक्टरबाट घर फर्किने क्रममा ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा शनिवार साँझ सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार, ,  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्