हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । साउन ३० भित्र देशभरका वडा कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्रले पार्टी सम्बद्ध कमिटीलाई निर्देशन दिएको छ ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते बोलाएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सार्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार साउन ३० गतेभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन समेत विशेष निर्देशन दिएकोे छ ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा नेकपा एमाले र माओवादी केन्द्र मिलि बनाएको नेकपालाई खारेज गर्दै पुरानै पार्टी एमाले र माओबादी केन्द्र ब्युँताएको थियो । नेकपा एमाले आन्तरिक कलहमा रहेको भए पनि आफ्नो पार्टी कमिटीहरु गठन–पुनर्गठनको कामले प्राथमिकता पाउन नसकेको माओबादी केन्द्रका स्थानिय कमिटीले बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार, ,  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्