हामी परिक्षण प्रसारणमा छौ



 

सल्यान । सल्यानको सदरमुकाममा रहेको ग्रामीण सहकारी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ५० लाख भन्दा बढि आम्दानी गरेको छ ।

सल्यानको सदरमुकाम खंलगामा केन्द्रीय कार्यालय रहेको सहकारीले गत आर्थिक बर्षमा ५० लाख ७७ हजार ४ सय ३३ रूपैयाँ खुद बचत गरेको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले सल्यानन्युजलाई जानकारी दिनुभयो । ग्रामीण साकोसले सहकारीका नीति विधि सहित तथा पल्स प्रविधिमा चलेकोले सधैँ नाफामा रहनुका साथै सबै शेयर सदस्यको मन जित्न सफल भएको अध्यक्ष शाक्यको भनाई रहेको छ ।

साकोसको कुल पुजी  – ( १९ करोड ४७ लाख ७२ हजार )

ग्रामिण साकोसको प्रबन्धक शान्ता राईका अनुसार सहकारीमा शेयर रकम २ करोड १७ लाख ८६ हजार २ सय रहेको छ । बचत निक्षेप १४ करोड १२ लाख ६५ लाख १ सय ९४ गरी संस्थाको कुल पुजी १९ करोड ४७ लाख ७२ हजार रहेको प्रबन्धक राइले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : २१ बजे

प्रतिक्रिया दिनुहोस्