हामी परिक्षण प्रसारणमा छौ



३ जेठ,सल्यान । सल्यान कुमाख गाउँपालिकाले संचालन गरेको कोभिड अस्पतालमा डाक्टर नहुँदा अस्पताल आउने बिरामीलाई सास्ती भएको छ ।

यसअघि अस्पतालमा कार्यरत डाक्टर तिलक केसीको गाउँपालिका सँग गरेको करार सम्झौता बैशाख २८ बाट सकीए सँगै उनी अस्पतालमा हाजिर भएका छैनन् । अस्पतालमा डाक्टर नहुँदा कोरोना संक्रमित बिरामीलाई सास्ती भएको बिरामीका एक आफन्तले फोनमा कुराकानी गर्दै सल्यानन्युजसँग आफ्नो दुखेसो पोखेका छन् ।

डाक्टर केसीको करार सम्झौता थप नभएको भन्दै गाउँपालिकाले नयाँ डाक्टरको लागि आबेदन खोलेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले सल्यानन्युजलाई जानकारी दिए । उनले भने,‘ पहिलेका डाक्टर साब ! को करार अबधी थप हुदैन । हामीले आजै नयाँ डाक्टरको बिज्ञापन खुलाएका छौँ । ’

त्यस्तै, अहिले अस्पतालमा अक्सिजन भरिएका सिलिण्डर ५ वटा भएपनि बिरामीहरु सल्यान खंलगा,दाङ र सुर्खेत जान बाध्य भएका छन् । कोरोना महामारीको समयमा बिरामी हेर्ने डाक्टर नराखेको भन्दै सेवाग्राहीहरु गाउँपालिकाप्रति रुष्ट बनेका छन् ।

अपडेट – डा.तिलक केसी के भन्छन् ?

यसअघि प्रकाशित समाचारमा खण्डन गर्दै डाक्टर तिलक केसीले समाचार स्रोत र गाउँपालिकाको भनाइलाई खण्डन गर्दै आफुले बिरामीको सहि रुपमा उपचार गरेको जनाएका छन् । उनले आफ्नो गाउँपालिकासँग बैशाख २८ सम्म मात्र काम गर्ने करार सम्झौता भएको जनाएका छन् । समाचारमा आएजस्तो केही पनि कुरा आफुबाट नभएको भन्दै उनले आगामी दिनमा सल्यानमै रहेर सल्यानी जनताको स्वास्थ्य उपचार गर्ने जानकारी दिए । समाचारमा आएजस्तो आफुले बिरामीको उपचार नै नगरको भन्ने भनाई सत्य नभएको उनको भनाई छ ।

भूल सुधार – बैशाख २९ गते प्रकाशित समाचारमा गाउँपालिका र केही स्रोतलाई आधारमानी समाचार प्रकाशन गरिएको हो । तर, सल्यानन्युजले समाचार प्रकाशन गरेपश्चात स्रोतले दिएको जानकारी र पहिलेका सुचना एकआपसमा बाँझिन आएकोले हाललाई पहिलेको समाचारको शिर्षक सच्याई समाचार पुनःलेखिएको आम पाठकहरुमा जानकारी गराउदछौं । यसबाट पाठक र डाक्टर तिलक केसीलाई पर्न गएको असर प्रति हामी क्षमाप्राथि छौैं । –सम्पादक

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार, ,  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्