हामी परिक्षण प्रसारणमा छौ



जेठ ३,सल्यान । सल्यानमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणबाट सोमबार थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका ९ का ५९ बर्षिय पुरुष र शारदा नगरपालिका १३ का ४५ बर्षिय पुरुष रहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित दुबैजनाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा सोमबार दिउँसो मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

त्यस्तै, स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार शोमबार थप १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार ४५ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । – फाइल फोटो

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार, ,  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्