हामी परिक्षण प्रसारणमा छौ



६ जेठ,काठमाडौं । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै बिहिबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा डा.खिमलाल देवकोटा विजयी भएका हुन् ।

मतभार अनुसार नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा (बादल)ले ४०१४ मत ल्याउँदा नेपाली काँग्रेस,नेकपा माओवादी,एमालेकै माधव नेपाल पक्षका संयुक्त उम्मेदवार डा.खिमलालले ५०८८ मत ल्याउदै विजयी बन्न सफल भए । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् ।

त्यस्तै, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत मात्र पाएका छन् । प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

यसैगरी स्थानीय तर्फ देवकोटाले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको १०३ मतको मतभार १८५४ हुने निर्बाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार, ,  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्