हामी परिक्षण प्रसारणमा छौ



८ जेठ,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालले देश कोरोना महामारीको चपेटामा परेको समयमा सबै दललाई एकजुट पारेर महामारीका बिरुद्ध जुट्ने बेला देशलाई संविधान मिच्दै जबर्जस्ति निर्वाचनमा धकेल्नु भनेकोे राष्ट्र र जनताबिरुद्ध अपराधपूर्ण कार्य भएको भन्दै ओलीको पछिल्लो कदमको बिरोध गरेका छन् ।

नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने शनिवारको कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घोर अपमान भएको समेत बताएका छन् ।

नेता नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप समेत लगाएका छन् । नेता नेपालले ओलीको पछिल्लो कदम नेपालको इतिहासमा एउटा कलंकका रुपमा दर्ज हुने बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार, ,  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्