हामी परिक्षण प्रसारणमा छौ



१० जेठ,काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी ५ दलीय गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर जादैछन् । आइतबार रिटका सबै आवश्यक काजगाज तयार पारीे आज रिट दायर गर्न लागेको गठबन्धन सम्बद्ध नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी ५ दलले त्यसविरुद्ध रिट दायर गर्न सर्बोच्चो अदालत जाने निर्णय गरेका हुन् । आइतबार सांसदहरुको हस्ताक्षर संकलन गरेर नभ्याइने भएपछि आज रिट दायर गर्न लागेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा)को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका प्रमुख नेता १४९ जना बढी सांसदहरुको हस्ताक्षर सहित सर्वोच्च जान लागेको गठबन्ध सम्बद्ध नेताहरुले जानकारी दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार, ,  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्