हामी परिक्षण प्रसारणमा छौ



 

१२जेठ,सल्यान । सल्यानको बागचौर नगरपालिकाबाट बुधवार एक ९९ वर्षीय आमा कोरोना परास्त गर्दै कोभिड १९ आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएकी छन् ।

बागचौर नगरपालिकाले आज आइसोलेसन केन्द्रमा कोभिड १९(कोरोना भाइरस)को एन्टिजिन परीक्षण ११ जनामा गरेकोमा जसमध्ये ५ जनाको कोभिड पोजेटिभ र ६ जनाको कोभिड नेगेटिभ देखिएको आइसोलेसन केन्द्रले जनाएको छ । यस्तै आइसोलेसनमा आज नयाँ १२ जना बिरामी थपिएका छन् भने जटिल समस्या देखिएका एक जनालाई अक्सिजन सपोर्ट दिएर अन्यत्र रिफर गरिएको छ । अहिले आइसोलेशनमा ७ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ ।

आइसोलेसन केन्द्रमा डा. जीवन बस्नेतको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगीले बिरामीको हेरचाह गरीरहेको नगरपालिकाले जनाएको छ । आइसोलेसन केन्द्रमा ३८ थान ठुला अक्सिजन सिलिन्डर र ६ थान अक्सिजन कन्सन्ट्रेटर रहेका छन् ।

नगरपालिकाले आज दिनभरी गरेको अपडेट

बुधबार बागचौर नगरपालिका ४,५ र ६ मा ६० जनाको कोरोनाको एन्टिजिन परीक्षण गरिएको छ ।
जसमध्ये २० जनाको कोभिड पोजेटिभ आएको छ भने ४० जनाको रिपोट नेगेटिभ आएको छ ।

बागचौरका कुन वडामा कति संक्रमित थपिए ?

वडा नम्बर ६ – १७ जनाको परीक्षण, ८ जना पोजेटिभ, ९ जना नेगेटिभ
वडा नम्बर ५ – २७ जनाको परीक्षण, ८ जनाको पोजेटिभ, १९ जनाको नेगेटिभ
वडा नम्बर ४ – १६ जनाको परीक्षण, ४ जनाको पोजेटिभ, १२ जनाको नेगेटिभ

नगरपालिकाले भोली कहाँ कहाँ परिक्षण गर्दैछ ?

१३ गते अर्थात बिहिबार वडा नम्बर ९ मा कोरोनाको एन्टिजिन परिक्षण हुँदैछ ।
एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखिएमा बिरामीको अवस्था हेरेर नगरपालिकाको आइसोलेसन केन्द्रमा पठाइने छ भने पोजेटिभ देखिएका व्यक्तिको अवस्था सामान्य भएपनि अनिवार्य १४ दिन होम आइसोलेसनमा बस्नुपर्नेछ ।

सबै वडामा वडा कार्यालयको समन्वयमा परीक्षण गरिँदै जानेछ । एन्टिजिन परिक्षणको लागि सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुले सहजीकरण गर्ने नगरपालिकाले जनाएको छ ।

 

९९ वर्षीय आमाले कोरोना जितेर घर फर्कदै गर्दा बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी आमालाई हौसला दिदैं ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार, ,  १० : २८ बजे

प्रतिक्रिया दिनुहोस्