हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी  : तपाई हामीले एक घण्टामात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकोमा इन्स्टाग्राममा अबदेखि ४ घण्टासम्म प्रत्यक्ष लाइभ गर्न मिल्ने सुविधा थप हुने कम्पनीले जनाएको छ । यो सुविधा थपिएसँगै अब तपाई हामीले इन्स्टाग्राममा अबदेखि निर्धक्क ४ घण्टासम्म लाइभ गर्न सकिने छ ।

नयाँ सुविधाले खासगरी संगीत संम्बद्ध भिडियो लाइभ गर्न चाहने कलाकार, कलाकार, सर्जकले बढी फाइदा लिन सक्ने कम्पनिले अपेक्षा गरेको जनाएको छ ।

इन्स्टाग्राममा विश्वभर कहिले सुरु हुन्छ यो सुविधा ?

इन्स्टाग्रामले यो सुविधा अहिले नै लागू भइनसकेको र चाँडै नै विश्वभर एकसाथ लागू हुनेगरी आउँन लागेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
लाइभ गरेको उक्त भिडियो अर्काइभमा रहने र त्यो ३० दिनसम्म मात्रै रहने पनि कम्पनिले प्रष्ट पारेको छ । अर्काइभमा रहेको बखत सो भिडियो आफले मात्रै हेर्न मिल्ने उक्त भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न सकिने इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
-ऐजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्