हामी परिक्षण प्रसारणमा छौ



१३ जेठ,सल्यान । सल्यानमा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचाररत तिन पुरुष र एक महिलासहित चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीया एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जनाएका छन् ।

यससँगै सल्यानमा कोरोनाको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ४१ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।-फाइल फोटो

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार, ,  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्