हामी परिक्षण प्रसारणमा छौ



१४ जेठ,दाङ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र दाङको बैठकले जारी लकडाउनलाई १० दिन थप्ने निर्णय गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी तथा  कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक दीर्घ नारायण पौडेलको अध्यक्षतामा सदरमुकाम घोराहीमा बसेको बैठकले जारी लकडाउनलाई जेठ २५ गते साँझसम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघी थपेको लकडाउन दाङमा १५ गते देखि सकिदै थियो ।

आज बसेको बैठकले अत्यावश्यक पसल भने दैनिक बिहान ६ देखि ८ बजेसम्म खोल्ने दिने निर्णय गरेको छ । बैंकमा भएको भिडभाडलाई कम गर्न बैठकले बैंक यसअघिकै तालिका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । त्यस्तै, निर्माण सामाग्री बिक्रिको लागि साँझ ६ देखि ९ बजे समय तोकिएको छ । सिमेन्ट उद्योगका गाडी आवतजावतका लागि पनि समय तोकिएको छ । आज बसेको बैठकमा दाङका १० वटै स्थानीय तहका प्रमुख ,सुरक्षा निकाएका प्रमुख , जिल्ला स्थीत स्वास्थ्य कार्यालयका प्रमुख लगाएतको सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार, ,  २ : २३ बजे

प्रतिक्रिया दिनुहोस्