हामी परिक्षण प्रसारणमा छौ



१७ जेठ, दाङ । शुक्रबार सम्पन्न लुम्बिनी प्रदेश अन्र्तगत राष्ट्रियसभाको उपनिर्वाचनको मतगणना केहिबेरअघि सुरु भएको छ । आज सम्पन्न मतदानमा २ सय ९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार जम्मा ३ सय मतदाता रहेको उपनिर्वाचनमा २ सय ९७ मत खसेको थियो । जसमध्ये प्रदेश सभाका ८३ प्रदेश सभा सदस्य सबैले निर्वाचनमा मतदान गरेका छन् । तर, स्थानीय तहतर्फका २१४ मतदाता रहेकोमा ३ जनाले मतदानमा भाग नलिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए ।

उपनिर्वाचनको चुनावी मैदानमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिएका थिए । नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुरलाई ठाकुर नेतृत्वको जनता समाजवादीले समर्थन गरेको थियो । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार दृगनारायणलाई माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेर उम्मेदवार चयन गरिएको थियो । तस्वीर – निमुसंगम घर्ती

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार, ,  ४ : १७ बजे

प्रतिक्रिया दिनुहोस्