हामी परिक्षण प्रसारणमा छौ



बागचौर । बागचौर नगरपालिका वडा नम्बर २ थारमारेमा रहेको जनकल्याण क्याम्पसको नयाँ ४ कोठे प्रशासनिक भवनको शिलन्यास गरिएको छ ।

गत बिहीबार कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार तथा क्याम्पस संञ्चालक समितिका अध्यक्ष भीम प्रकाश शर्माले भवनको एक कार्यक्रमका बिच शिलन्यास गरेका हुन् । ५३ लाख भन्दा बढी लागतमा निर्माण हुने प्रशासनिक भवन निर्माणको लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी झक्तपुरको ५० लाख र क्याम्पसको ३ लाख २४ हजार १ सय ५४ रुपैयाँ खर्च हुनेछ ।

आउँदो माघ मसान्तसम्म सम्पन्न गर्ने गरी भवनको शिलन्यास गरिएको क्याम्पस प्रमुख पोखरराज भण्डारीले सल्यानन्युजलाई बताए ।
बिएसीएजी संञ्चालनका लागि भौतिक पूर्वाधार निमार्णले गति लिएकोले चाँडै निर्माण कार्य पुरा गरेर कक्षा सञ्चालन गर्ने तयारीमा जुट्ने सोच रहेको क्याम्पस प्रमुख भण्डारीको भनाई रहेको छ ।

हाल यस क्याम्पसमा बागचौर नगरपालिका आसपास लगायत छिमेकी जिल्ला रुकुम र रोल्पा जिल्लाका विद्यार्थीहरुले समेत विभिन्न संकायमा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्