हामी परिक्षण प्रसारणमा छौ



३ असार,सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका‐६, र शारदा नगरपालिका‐१३ को सिमानामा रहेको संघार खोलाका विहिबार खोला पस्दा २० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर अर्जुन पौडेलका अनुसार बाढीबाट प्रभावित २० घर परिवालाई अहिले उनीहरुका आफन्तहरुको घरमा बसोबासको व्यवस्था गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार आज तत्काल सर्वसाधारणको उद्दार भैसकेको छ । त्यस्तै घरभित्रका सरसामान समेत अहिले सुरक्षित स्थानमा पु¥याएकोले मानविय क्षति भएको छैन । लान्ती–लेखपोखरा–दहखोला सडकको छेउमा रहेको संघार बस्तीमा संघार खोला सँगै शारदा नदिको समेत उत्तिकै जोखिम रहेको छ ।

 

हंगालोमा फसेका १२ जनाको सुरक्षाकर्मीद्धार उद्धार

त्यस्तै दिनभरि बरला स्थित शारदा नदीको बीच हंगालोमा फसेका १२ जना किसानहरुलाई नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्दार गरेका छन् । उनिहरु शारदा नदिको बीच हंगालोमा रहेको खेतमा धान रोप्न गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तस्बिर – टेकराज शाही,रिजन भण्डारी

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार, ,  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्