हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलमा दुई दिन आवागमन ठप्प हुने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डो पुर्नकालागि कंक्रिट हाल्नु पर्ने भएकाले दुई दिन आवागमन ठप्प पारिएको जानकारी दिएका छन् । उनले शुक्रबार सामाजिक संञ्जाल फेसबुक मार्फत पत्रेखोलामा असार २० गते आईतबार विहान ८ बजेदेखि असार २२ गते मंगलबारसम्म साँझ ८ बजेसम्म सवारी आवागमन ठप्प हुने जानकारी दिएका छन् ।

पत्रे खोलामा पुल निर्माण कार्यले पूर्णता नपाउँदा अस्थायी रुपमा कच्वे संञ्चालनमा ल्याइएको छ । तर,त्यही कच्वेमा खाल्डो परेकोले झनै जोखिम निम्त्याएकोले यसवर्ष सामान्य वर्षा हुदा पत्रेखोलामा सवारी आवागमण अबरुद्ध हुने समस्या देखा परेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार, ,  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्