हामी परिक्षण प्रसारणमा छौ



३ साउन, काठमाडौं –  नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट आइतबार राजीनामा दिएका छन् ।

आइतबार पुनःस्थापित प्रतिनिधि सभाका बैठक बस्नु भन्दा केही बेर अघि उनले पत्रकारहरु सँग कुरा गर्दै सांसदबाट राजीनामा गरेका हुन् ।

एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ । तर, माधवकुमार नेपाल पक्षका सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुहरुले विश्वासको मत दिने निचोडमा पुगेको बताइन् ।

आइतबारको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची कार्यव्यवस्था समितिले निर्णय गछ । माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । संसद बैठक केहीबेर अघि सुुरु भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार, ,  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्