हामी परिक्षण प्रसारणमा छौ



३ साउन ,मलेसिया ।  नेपाली साहित्यकाे बिकास र बिस्तार गर्ने एक शसक्त समुह साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले नयाँ नेतृत्व पाएकाे छ।

२०८ औं भानुजयन्तीकाे अवसरमा शनिवार एक कार्यक्रम आयाेजना गर्दै निबर्तमान अध्यक्ष राम प्रसाद सुवेदी संगमले खेम मगर कान्छाकाे अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएकाे जानकारी गराएका हुन् । साहित्यिक चौतारी नेपाल मलेसियाकाे पुनर्गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम जुम एप तथा फेसबुक लाईभ मार्फत  याेजना गरिएको थियोे ।

नयाँ नेतृत्वको संरक्षकमा राम प्रसाद सुवेदी संगम,प्रमुख सल्लाहकारमा जीवन देवान गाउँले,सल्लाहकारमा दल बहादुर लामा र अर्जुन सिंह अनुरागी रहेका छन् बरिस्ठ उपाध्यक्षमा माेति निराैला,उपाध्यक्षमा खिमु काउचा गरिब,महासचिवमा एम मगर,सचिवमा तारा साेमै मगर संकल्प,सह-सचिवमा विशाल बी.सी र काेषाअध्यक्षमा निमेष चाैधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा बेहाेसी कृष्ण कार्की, बासुदेब कुमार दुनुवार,राम काजी बि.सी, तिलकराम अधिकारी,रेशमराज बाेगटी,भक्त कार्की र सन्दिप बिश्वकर्मा निश्चल  आँशु रहेका छन् ।

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका निवर्तमान अध्यक्ष राम प्रसाद सुवेदी संगमकाे संयाेजन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका कार्यवाहक अध्यक्ष दल बहादुर लामाकाे सभापतीत्व,साहित्यिक चौतारी नेपालकि केन्द्रीय अध्यक्ष गिता भण्डारीकाे प्रमुख आतिथ्यता तथा साहित्यिक चौतारी नेपाल मलेसिया संस्थापक अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’काे बिशिस्ट आतिथ्यमा भएकाे कार्यक्रममा नव गठित कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आदिकबि भानुभक्त आचार्यकाे स्मरण गर्दै कबिता वाचन समेत गरिएको थियाे ।

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका नि बर्तमान सह सचिव खेम मगर कान्छाकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, नेपालका सात वटै प्रदेश शाखाका प्रतिनिधि,देश बाहिरका साउदी,इजरायल,ग्रिस,जापान,भारत र मलेसिया शाखाका प्रतिनिधि,नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्षतेज बहादुर कार्कि, गैर आवासीय नेपाली संघ जाेहाेर राज्य समिति अध्यक्ष हरि बहादुर बस्नेत, सुदुरपश्चिमेली नेपाली समाज जाेहाेर मलेसियाका अध्यक्ष राज बहदुर साउदलगायतकाकाे सहभागिता रहेकाे रहेको थियोे भने कार्यक्रमकाे सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका सल्लाहकार अर्जुन सिंह अनुरागीले गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार, ,  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्