हामी परिक्षण प्रसारणमा छौ



सल्यान,कपुरकोट । माओबादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानले अग्निपिडित र र्दीघ रोगीलाई शोमबार जिल्लाको कपुरकोट गाउँपालिकाको दानबाङ्गमा राहत वितरण गरेको छ ।

वाइसिएल नेपाल सल्यानका अध्यक्ष प्रकाश भण्डारीका अनुसार कपुरकोट गाउँपलिका‐२,दानबाङ्गका अग्निपिडित शुक्र बहादुर बुढा र दानवाङ्गकै हिमा घर्तीलाई वाइसिएल सल्यानले जनही ३७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

यस्तै,आगलागीबाट आशिंक क्षति भएका कपुरकोट‐२,धनवाङ्गै खड्क बहादुर विश्वकर्मालाई ५ हजार, मृगौलामा समस्या भएकी कपुरकोट गाउँपालिका ‐२,की बिमा विश्वकर्मालाई १० हजार र पहिरोबाट घरमा आंशिक क्षति भएका कपुरकोट गाउपालिका‐५,सिन्दुरीका पूर्ण बहादुर भण्डारीलाई ५ हजार नगद राहत वितरण वाइसिएल सल्यानका नेता शेरबहादुर पुनले सल्यानन्युजलाई जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार, ,  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्