हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं ।  मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारीसमा लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।

मंगलबार साँझ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्धारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केपी शर्मा ओली नेतृत्व सरकारले नियुक्त गरेका गण्डकी प्रदेशकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेशका प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले अमिक शेरचनलाई लुम्बिनी र पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेश प्रमुखको रुपमा नियुक्तगर्न राष्ट्रपति समक्ष सिफारीस गरेको छ । -फाइल फोटो

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार, ,  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्