हामी परिक्षण प्रसारणमा छौ



सल्यान । तुलसीपुर उद्योग बाणिज्य संघ दाङका पुर्ब अध्यक्ष बागचौर‐१२,बाँफुखोला निवासी दिपेन्द्र कुमार खत्रीले सल्यान उद्योग बानिज्य संघमा अक्षयकोष स्थापना गरेका छ्न ।

आफ्ना स्वर्गीय बुवा‐आमा कालुराम र लिलावती खत्रीको सम्झणा स्वरुप खत्रीले सल्यान उद्योग बाणिज्य संघमा हालै १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका छन् । खत्रीले अक्षय कोषको रकम उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै आफुले सकेको सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा सकेको सहयोग गर्ने आफ्नो इच्छा रहेको बताए ।

खत्रीले स्थापना गरेको उक्त अक्षय कोषबाट प्राप्त ब्याज रकमबाट प्रत्येक बर्ष गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गर्ने सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले बताए ।

यसअघि खत्रीले आफू अध्ययन गरेको बागचौर‐१२,मा रहेको दुर्गा सरस्वती मावि बाँफुखोला र तुलसीपुर उद्योग बानिज्य संघमा समेत १ लाख १५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिसकेका छन् । बाँफुखोला सल्यान निवासी खत्री नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार, ,  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्