हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ – शोमबार सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका एमाले सम्बद्ध चार प्रदेश सांसदलाई पदमुक्त गर्ने आदेश दिएको छ ।

कर्णाली प्रदेशसभाका चार एमाले सदस्यले एमाले प्रदेशसभा दलको ह्वीप उल्लंघन गरेपछि एमालेको १०औं महाधिवेशन आयोजक कमिटीले कारबाही गरेको थियो । चार सांसदले पार्टी निर्णय बिपरित माओबादी केन्द्रका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।

केही दिनअघि दल त्याग सम्बन्धी कारबाही केन्द्रीय कमिटीले मात्रै गर्न पाउने भन्दै चारैजना सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटबारे सर्वोच्च अदालतले २०७८ जेठ २७ गते अन्तरिम आदेश जारी गर्दै महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै उनीहरू चार जनाकै सांसद पद पुनर्बहाली गरिदिएको थियो ।

तर, शोमबार आफै उपस्थिति भएको संसदीय दलको बैठकले जारी गरेको पार्टी दलको ह्वीप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मागेको अन्तरिम आदेशलाई खारेज गरेसँगै चार जना प्रदेश सांसदको पद गुमेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार, ,  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्