हामी परिक्षण प्रसारणमा छौ



५ भदौ दाङ । दाङमा शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७५ पुगेको छ ।

शनिवार कोरोना संक्रमित हुनेहरु घोराहीका ११ जना , तुलसीपुरका ४, लमहीका ३ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार शनिवार २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा घोराहीका १४ जना, तुलसीपुर र लमहीका २÷२ जना र बबई तथा राप्ती गाउँपालिकाका १÷१ जना रहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार, ,  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्