हामी परिक्षण प्रसारणमा छौ



५ भदौ,तुलसीपुर । दाङ तुलसीपुरमा शनिवार एक कार्यक्रमका विच सयपत्री दोहोरी घरको उद्घाटन् भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बिरेन्द्र शाहले सयपत्री दोहरी घरको उद्घाटन् गर्दै गीत संगीत सबैको सःुखदुःख विर्साउने थलो भएको बताए । उनले भने,‘गीत संगीत हामी सबैको दुःख सुःखको साथि हो ,त्यसकारण लोक संस्कृतिलाई हामी सबैले संरक्षण र त्यसको जगेर्ना गर्न आबश्यक छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष शाहले एक अर्को प्रसंगमा बोल्दै ५ नम्बर वडाले अन्य वडा भन्दा जनताको चाहाना र भावना अनुसार काम गरेको बताए । शाहले आफुहरुले वडामा जनप्रतिनिधि भएर आएपछि बजार व्यवस्थापन देखी अन्य विकास निर्माणका कार्यलाई उत्तिकै महत्व दिएर काम गरेको बताए ।

त्यस्तै, दोहरी घरका अध्यक्ष दिपक ओलीले दोहोरी घरले नयाँ कलाकार जन्माउने ,लुकेका प्रतिभालाई सबैसामु उनिहरुको प्रतिभालाई ल्याउने, गरिब दःुखीका सहयोग गर्ने मूख्य उद्देश्य राखेर नै सयपत्री दोहरी घर संचालनमा ल्याइएको जानकारी दिए । कार्यक्रमलाई तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार मिनराज वली लगायत अन्य अतिथिहरुले बोल्दै दोहरी घरको सफलताको कामना गरेका थिए ।

सयपत्री दोहोरि घरका अध्यक्ष दिपक ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दोहोरी घर संचालनका लागी सहयोग गर्ने विभिन्न सहयोगी दातालाई समेत सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण मदन मुस्कानले गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार, ,  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्