हामी परिक्षण प्रसारणमा छौ



२८ भदौ  २०७८, दाङ । माओबादी केन्द्र निकट अखिल (क्रान्तिकारी) दाङको आज सम्पन्न २२ औं जिल्ला सम्मेलनबाट कल्याण अधिकारीको अध्यक्षतामा सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष दिपेश पुनले मैनबत्ती बालेर जिल्ला सम्मेलनको उद्घघाटन गर्ने क्रममा अग्रज पुस्ताले ज्यानको बाजी राखेर लिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा कार्यान्वयन गर्ने जिम्मेवारी अब युवा विद्यार्थीको काँधमा आएको बताउनुहुदै अब त्यसका लागि युवा विद्यार्थी तयारी भएर बस्ने दिन आएको बताउनुभयो ।

केन्द्रीय उपाध्यक्ष पुनले आम विद्यार्थीका मुद्धा अखिल क्रान्तिकारी भन्दा अरु कसैले पनि उठाउन नसक्ने भन्दै निर्धक्क अखिल क्रान्तिकारीको छायाँमा आउन आग्रह गर्नुभएको थियो । आज भएको उक्त सम्मेलनले कल्यान अधिकारीको नेतृत्वमा ७५ सदस्यीय दाङ जिल्लाको नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा गिरबहादुर महरा, निश्चल केसी, हिमाल महरा, डिभाइड शर्मा र खगेन्द्र जीएम रहनु भएको छ । यसैगरी सचिवमा गोविन्द मल्ल, सहसचिवमा मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी र यामकुमारी विक चयन हुनुभएको छ भने जिल्ला कोषाध्यक्षमा हिरालाल वली चयन हुनुभएको अखिल क्रान्तिकारीका नवनिवार्चित दाङ जिल्ला अध्यक्ष कल्यान अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार, ,  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्