हामी परिक्षण प्रसारणमा छौ



३० भदौ,काठमाडौँ । नेपाल टेलिकमले ‘नमस्ते पे’ को नाममा डिजिटल भुक्तानी गर्नमिल्ने सेवा मंगलबारबाट सुरु गरेको छ ।

अब नेपाल टेलिकमको सिम प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप र यूएसएसडी कोडमार्फत डिजिटल तकिाले कारोबार गर्न सक्ने छन् । नेपाल टेलीकमका अनुसार अब सेवाग्राहीले यूएसएसडी कोडको सुविधाका कारण इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल पैसाको कारोबार गर्नसक्ने छन् ।

टिलकमका अनुसार नेपाल टेलिकमको सिम प्रयोग गरीरहेका सेवाग्राहीले मोबाइलबाट एस्ट्रिक ५०० ह्यास डाइल गरि यो सेवा सुचारू गर्न सक्नेछन् । त्यस्तै, एन्ड्रोइड प्रयोगकर्ताले भने प्ले स्टोरमा गएर ‘नमस्ते पे’ एप डाउनलोड गरी यो सेवा लिन सक्नेछन् । टेलीकमको यो नयाँ प्रविधिले गर्दा इन्टरनेट नभएका सेवाग्राहीले समेत अब सजिलै डिजिटल प्रविधिबाट पैसाको कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार, ,  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्