हामी परिक्षण प्रसारणमा छौ



४ असोज,बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवक गणेश पंगेनी शोमबार बेलुकी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पंगेनीले सोमबार पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुग्नुभएका उपमहानगरपालिकाका शिवराज सुवेदीमाथि आक्रमण गर्दै अभद्र व्यवहार गर्नुभएको प्रहरीले जनाएको छ ।

उहाँलाई सोमबार बेलुकी पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । मंगलबार पंगेनीमाथि दुव्र्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुन सक्ने प्रहरीको दाबी छ ।

आजै बुटवल उपमहानगरपालिकाले आक्रमणको निन्दा गर्दै घटनाको सत्यतत्य छानबिनको माग गर्दै दोषिलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने जनाएको छ । प्रमुख सुवेदीलाई आक्रमण गर्ने पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार, ,  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्