हामी परिक्षण प्रसारणमा छौ



 

६ असोज २०७८,काठमाडौं । यस वर्ष प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीलाई बर्षको सशक्त सञ्चारकर्मी पुरस्कार प्रदान गरेको छ ।

बुधबार (आज) प्रेस काउन्सीलले आफ्नो ५२ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले दाङ निवासी केसीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रेस संगठन नेपाल रुकुम पश्चिमका अध्यक्ष एवंम आहा सञ्चार साप्ताहिकका प्रकाशक सम्पादक मेघराज खड्का

यसैगरी यस वर्षको युवा पत्रकारिता पुरस्कार नागरिक दैनिकका दाङ संवाददाता देवेन्द्र बस्नेत र प्रेस संगठन नेपाल रुकुम पश्चिमका अध्यक्ष एवंम आहा सञ्चार साप्ताहिकका प्रकाशक सम्पादक मेघराज खड्कालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलकोे भूमिकालाई अझ सशक्त बनाउनुपर्ने बिचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पुरस्कृत हुनुभएका सबै पत्रकारहरुलाई बधाई दिनुभएको थियो । उहाँले अहिलेको समयमा नेपालमा जिम्मेवार र अनुशासित पत्रकारिताको आबश्यकता रहेको भन्दै सम्पूर्ण सञ्चारकर्मीले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैगरी प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितालाई मर्यादित बनाउन काउन्सीलले सशक्त भूमिका खेल्दै आएको र यो क्रम जारी रहने बताउनुभएको थियो । सोही समारोहमा महिला, युवा, भाषागत लगाएतका अन्य पुरस्कारहरु पनि बिभिन्न पत्रकारहरुलाई प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार, ,  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्