हामी परिक्षण प्रसारणमा छौ



१५असोज,सल्यान । सल्यानमा जीपको ठक्करबाट दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले राप्ती राजमार्ग अन्र्तगत शारदा नगरपालिका–२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६,बरलाकी अन्दाजी १८ वर्षीय रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएको र घाइतेहरुको अहिले बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । तीब्र गतीको जीपलाई चालकले सम्हान्न नसक्दा विद्यार्थीलाई ठक्कर दिएर जिप सडकबाट १० मिटर तल खसेको स्थानियको भनाई छ ।

यसैविच घटनाको छानविन गर्दै दोषीलाई कडा कारबाही, मृतकका आफन्तलाई उचित क्षतिपूर्ती र घाइतेले उचित उपचार पाउनुपर्ने माग राख्दै मृतक परिवारका आफन्त लगायत स्थानिय वासीले राप्ती राजमार्ग अन्र्तगत पर्ने श्रीनगर बरला सडक पूर्णरुपमा बन्द गरेका छन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार, ,  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्